विप्लवका छोरा प्रकाशले आफ्नै गाउँमा स्वास्थ्य शिविर चलाउँदै

bipab-xora-checkup pic
लाेकपाटी न्यूज

काठमाडौं, ९ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दले आफ्नै गाउँ कपिलवस्तु शिवगढीमा स्वास्थ्य शिविर चलाएका छन्।

विप्लव पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर चलाएका हुन्।अखिल नेपाल जनस्वास्थकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा दुई हजार ६ सय ५० जना बिरामीले निशुल्क स्वास्थ परिक्षण गराएको उक्त महासंघका अध्यक्ष टीका कँडेलले बताए।

शिविरमा विप्लवका छोरा प्रकाश सहित १९ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको सहभागीता रहेको थियो। शिविरको नेतृत्व जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दले गरेका छन्। चन्द चितवन मेडिकल कलेजमा एमबिबिएसको पढाई गर्दै प्रशिक्षार्थी चिकित्सकका रुपमा समेत काम गरिरहेका छन्।

              biplab xora shibir

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्