कैलालीमा किशोरी बलात्कार : ३ पक्राउ

Rape-01
लाेकपाटी न्यूज

कैलाली, ९ असार । १३ वर्षीया किशोरी जबजस्ती करणीको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी रहेका छन्।

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा हत्या गर्ने धम्की दिएको किटानी जाहेरी परिवारले प्रहरीकोमा दिएका छन् । प्रहरी नायब उपरीक्षक बस्नेतले पक्राउ परेका ३ जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्