१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, संलग्न सबै पक्राउ

Gang Rape
लाेकपाटी न्यूज

काठमाडाैं, ८ असार । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा  फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरी  रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । बालिकालाई  भने उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको जनाइएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्