चितवन, ८ असार । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए। थापालाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महिना अघि चितवन पठाइएको थियो।



लाेकपाटी न्यूज

