नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

nekapa sachiwalaye meeting pic
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दै छ। दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम अझै बाँकी छ। जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सह-इञ्चार्ज तोक्न सकेको छैन। नेकपाका विभिन्न गुटका नेताले यसमा आ-आफ्ना अडान राखेकाले यसलाई टुंग्याउन सकस परेको बताइएको छ।

शनिबार बस्ने बैठकमा यसबारे ठोस ढंगले छलफल हुने एक नेताले बताए। पछिल्लो समय नेकपा नेतृत्वको सरकार संसद्मा पेश गरेको विधेयक तथा कार्यशैलीका कारण आलोचित बनिरहेको छ। बैठकमा सरकारको काम-कारवाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ।