चितवनमा बस दुर्घटना, २० घाइते

Accidents
लाेकपाटी न्यूज

चितवन, ७ असार । चितवनमा दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्