सभामुखले दिए राजीनामा

jarjiyaka savamukha
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन भएको मामुली कारणले पदबाट राजीनामा लिएका छन्।

रुसको एक टोलीको विवादास्पद जर्जिया भ्रमणपछि त्यहाँका विपक्षी दल सत्तारुढप्रति रुष्ट छन्। सत्तारुढ दल रसियासँग टाँसिएको आरोप उनीहरुको छ। पछिल्लो आन्दोलनचाहिँ त्यहाँको संसदबाट रसियनले गरेको सम्बोधनपछि चुलिएको हो।

सुरुमा सभामुखको राजीनामा मागेर आन्दोलनमा उत्रिएका विपक्षी दललगायतले आन्तरिक मामिला मन्त्रीको राजीनामा र आम निर्वाचनलाई पनि बटमलाइन बनाएका छन्। यहीबीच भएको आन्दोलनमा प्रदर्शनकारी घाइते भएपछि त्यहाँका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनमा दिएका हुन्।

आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएको उल्लेख गर्दे उनले जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि आफूले राजीनामा दिएको बताएका छन्। संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनका क्रममा ४० प्रहरीसहित २४० जना घाइते भएका थिए। जसमध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ।

इराक्ली जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुन्। इराक्लीले राजीनामा दिए पनि आन्दोलनकारीको निशानामा रहेका आन्तरिक मामिला मन्त्रीले भने राजीनामा दिएका छैनन्।