काठमाडौं, ६ असार । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडका क्रममा प्रहरीको गोलीबाट बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको घटनाप्रति आफ्नो गम्भिर चासो भएको जनाएको छ ।
आयोगले शुक्रबार एक वक्तव्य जारी गरी घटनाको सत्यतथ्यको अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवं प्रदेश नं २ कार्यालयबाट टोली खटिएको जनाएको छ ।
आयोगको केन्द्रीय कार्यालयको टोली आज बिहानै घटनास्थलतर्फ प्रस्थान गरिसकेको र आयोगको उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्ने समेत वक्तव्यमा जनाइएको छ ।



लाेकपाटी न्यूज

