जीपको ठक्करबाट साइकलयात्री चौधरीको मृत्यु

Accidents
लाेकपाटी न्यूज

बुटवल, ६ असार । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको हो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्