मायाकाे खेलमा आयुष्मानले जलाए प्रियंकाको तस्बिर

prinka_news_zmglZIKe9B
लाेकपाटी न्यूज

काठमाडौं। मायाकाे खेलमा आयुष्मानले प्रियङ्काकाे तस्बिर जलाएका छन्। रियल लाइफमा आयुष्मानको इन्गेजमेन्ट औंठी लाइसकेकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका दिएकी छन् ।

गायक मोहन राईको बुधबार रिलिज गीत ‘मायाको खेल, आसुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड देखाइएको छ । दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतमा युवाहरुबीचको प्रेमपीँडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मान बीचको प्रेमकथा बुनेका छन् ।

बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई आयुष्मानले एकतर्फी माया गर्छ । पेसाले चित्रकार यिनले प्रियंकाको पेपर र पेन्सिल माध्यमबाट मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्याङ्गानासम्ममा प्रियङ्काकै अनुहार देख्न थाल्छ ।

जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन् । यसपछि आयुष्मानले प्रियंकाको तस्बिर जलाउँछन् । निर्देशक महर्जनले म्युजिक भिडियोलाई पात्रहरुको बीचको तनाव सिर्जना गर्दै कथानकमा ढालेका छन् ।

एल्बम ‘मायाको खेल’ मा भने आठ गीत समावेश छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरि’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् । संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्