काठमाडौं, ४ असार । मकवानपुरबाट ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सिंगापुरको क्रुजमा काम लगाईदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई मकवानपुरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा नुवाकोटका ३४ वर्षीय प्रविन पौड्ले छन्।
काठमाडौंको विशालनगरमा एक ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाईदिने भन्दै ३ सय जनाबाट ५ लाख रुपैयाँका दरले पैसा लिई ठगी गरेको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

