लाेकसेवा विज्ञापन सम्बन्धि परेका रिटकाे एकै पटक सुनुवाइ गर्न सर्वाेच्चकाे आदेश

High Court
लाेकपाटी न्यूज

काठमाडाैं, ४ असार । सर्वोच्च अदालतले लोक सेवा आयोगले खुलाएको कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ ।

भर्नासम्बन्धमा विभिन्न तीन वटा मुद्धाका साथै कर्मचारीले पनि मुद्धा हालेकाले सबै मुद्धा एकै ठाउँमा राखेर पेशी चढाउन सर्वाेच्चले आदेश दिएको हो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

नाेट : यसअघि यस समाचार अन्यथा हुन गएकाेमा सच्याइएकाे हाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्