काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कलङ्कीमा निर्मित नमूना मालपोत कार्यालयको उद्घाटन गरेका छन् । बुधबार एक औपचारिक समारोहकाबीच प्रधानमन्त्री ओलीले नमूना कार्यालयको उद्घाटन गरेका हुन्।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको नीतिअन्तर्गत कलङ्कीमा अत्याधुनिक मालपोत कार्यालय भवनको निर्माण भएको हो । सरकारले काठमाडौंको साँखु, पाँचथर र इलाम जिल्लामा यसै वर्षदेखि नमूना मालपोत कार्यालय सञ्चालन गर्दैछ । सरकारले पहिलो नमूना कार्यालयका रुपमा बुधबार कलङ्कीबाट सेवाको शुभारम्भ पनि गरेको छ ।
नमूना मालपोत अत्याधुनिक, प्रविधियुक्त र सरल रहेको भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताए । वि.सं. २०७५ जेठ ६ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालको मन्त्रीस्तरीय निर्णयबमोजिम नमूना मालपोत कार्यालय निर्माण भएको हो । नमूना मालपोत कार्यालयलाई एकद्वार सेवा प्रणाली, अनलाइन प्रणाली, अपाङ्गमैत्री बनाइएको छ ।
नमूना मालपोत कार्यालयको उपलब्ध सेवा तथा सुबिधाहरुः
– कार्यालय परिसरलाई सफासुग्घर राख्ने प्रयत्न गरिएको छ।
– कार्यालय प्रबेश द्वारमा सेवाग्राही सहायता कक्ष बनाइएको छ जहाँबाट नागरिकले आवश्यक सेवाको बारेमा जानकारी लिन सक्नेछन्। सोही सहायता कक्षबाट कागजातहरु रुजु गरी चेकलिस्ट भर्ने र टोकन दिने कार्य गरिएको छ। सो का आधारमा सेवाग्राहीहरु सम्बन्धित शाखामा जान सक्नेछन्।
–कार्यकक्षहरु पारदर्शी बनाउदै इउभल इााष्अभ क्थकतझ लागु गर्ने प्रयत्न गरिएको छ। जहाँबाट कर्मचारीले गरेको कामहरु सेवाग्राहीले सजिलै देख्न सक्नेछन्।
–कार्यालयमा इलभ म्ययच क्थकतझ एकद्वार प्रणाली अबलम्बन गरिएको छ । सेवाग्राहीले एउटै कोठाबाट सबै काम पुरा गरी सेवा लिन सक्ने गरी ले–आउट मिलाइएको छ।
–कार्यालयमा सेवाग्राहीलाई प्रतिक्षालयको समुचित ब्यवस्था गरिएको छ र प्रतिक्षालयमा सेवाग्राहीलाई सुचना तथा जानकारी दिने उद्देश्यले टेलिभिजन समेत जडान गरिएको छ।
–कार्यालयलाई हरियालीयुक्त बनाउने प्रयास गरिएको छ।
–कार्यालय परिसरलाई अपाङ्गमैत्री समेत बनाइएको छ। साथै महिला तथा पुरुषको लागि छुट्टा छुट्टै शौचालयको ब्यवस्था मिलाइएको छ।
–कार्य प्रणालीमा सुधार गर्न सुधारिएको फारामहरु तयार पारी वेबसाइटमा उपलब्ध गराइएकोछ।
–यसैगरी, जग्गा प्रशासनमा सुचना तथा प्रबिधिको अधिकाधिक प्रयोग गर्दै लैजाने लक्ष्य लिइएको छ। जग्गा प्रशासनलाई बैज्ञानिक र व्यवस्थित बनाउने उद्देश्यका साथ बिभिन्न प्रणालीहरुको विकास गरी अनलाइन सेवा शुरु गरिसकिएको छ। कूल १३१ वटा भुमिसुधार तथा मालपोत कार्यालयमध्ये आजसम्म ६५ वटा कार्यालयमा Land Records Information Management System -LRIMS लागू गरिसकेको छ। यसबाट जग्गाको कारोबार अनलाइन हुने, Real Time मा केन्द्रीय अभिलेख तयार हुने, राजश्व गणनामा एकरुपता कायम हुने, बिभिन्न किसिमका प्रतिबेदन हेर्न सकिने, जग्गाको कारोबार गर्दा जग्गाधनीको मोबाइल नम्बरमा SMS जाने हुँदा गलत कारोबार नियन्त्रण भै कारोबार सुरक्षित हुने, र कार्यालयका कारोबारको बिभागतता मन्त्रालयबाट सजिलै अनुगमन गर्न सकिने अवस्था छ।
–मालपोत कार्यालयहरुमा रहेकाअति महत्वपूर्ण अभिलेखहरु (जग्गा धनी दर्ता स्रेस्ता, लिखत तथा मिसिलहरुको सुरक्षित अभिलेखिकरणका लागि स्याक्यान गर्न थालिएको छ। कलंकी मालपोत कार्यालयको सबै स्रेस्ता स्याक्यान गरिसकिएको छ, साँखु मालपोत कार्यालयमा यो कार्य शुरु गरिएको छ भने LRIMS लागू भएका ६२ मालपोत कार्यालयमा स्रेस्ता स्याक्यान गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
–जग्गा प्रशासनका लागि सेवाग्राहीलाई अनलाईन सेवा दिने उद्देश्यले User name and password को विकास गरिएको छ र यसै कलंकी मालपोत कार्यालयमा लागु समेत गरिसकिएको छ। यसबाट आमनागरिकले घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइन सबमिट गर्न सक्ने छन्। साथै सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालयमा आइ औंठछाप र फोटो खिचेर सेवा लिन सक्न गरी प्रणाली मिलाइएको छ। जसले कार्यालयमा सेवा ग्राहीको भिड कम हुन जान्छ भने कम समयमा सेवा लिन सकिने बनाइएको छ।
–कुनै जग्गा धनीले मालपोत कार्यालयबाट Access Module लिएर यो Public Access Module बाट जग्गा धनीले आफ्नो घर जग्गाको statement जहाँसुकैबाट हेर्न सक्ने बनाइएको छ।
–यो प्रणालीले भू–सेवा केन्द्रको समेत ब्यवस्था गरेको छ। अब घर जग्गाको कारोबार गर्ने लिखत लगायतका काम कारबाही गर्न मालपोत कार्यालयबाट अनुमति दिई भू–सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
–यसरी सेवा प्रदान को सिलसिलामा आउने सुझाव तथा गुनासोको लागि गुनासो सुनने अधिकारीको समेत व्यवस्था गरिएको छ।
–कार्यालयको काम कारबाही गुनासोरहित बनाई प्रभवकारी बनाउन र नियमित अनुगमनका लागि २२ वटा मालपोत कार्यालयहरुमा ऋऋत्ख् जडान गरिएको छ। जुन विभाग, तथा मन्त्रालयबाट सजिलै हेर्न सकिने गरी मिलाइएको छ।
–यसका अलावा, कार्यालयमा स्तनपान कक्षको समेत व्यवस्था गरिएको छ।
यी विभिन्न किसिमका सेवा तथा सुविधाहरुको विकास र प्रबन्ध गर्दै मालपोत कार्यालयलाई नमुनाको रुपमा विकास गरिएको छ। यो कार्य यस कलंकी मालपोत कार्यालयको अलावा मालपोत कार्यालय साँखु, ईलाम र पाँचथरमा पनि विकास गरिसकिएको छ। र, आगामी दिनमा अन्य मालपोत कार्यालयमा समेत विस्तार गर्दै लगिने योजना मन्त्रालयको रहेको छ।
भिडियाे हेर्नुहाेस्



लाेकपाटी न्यूज

