काठमाडौं, ४ जेठ। नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधि सभाका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले संसद विपक्षको भएका कारण विपक्षी दलका नेताले पहिला बोल्न पाउनुपर्ने दावी गरेका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले संसरभर नै सदनमा प्रधानमन्त्रीभन्दा पहिला प्रतिपक्ष दलको नेताले बोल्न पाउनुे प्रचलन रहेको बताए। संसदमा निकै आक्रमक रुपमा प्रस्तुत भएका उनले प्रधानमन्त्रीको आफूले पहिल्यै समय माग गरे पनि प्रधानमन्त्रीले जबर्जस्ती गर्न खोजेको आरोप लगाए।
‘संसद विपक्षको हो, बोल्ने विपक्षले हो’, उनले भने, ‘यो संसारभरको मान्यता हो, यहाँ मात्रै जबर्जस्ती गरेर हुँदैन।’ सभापति देउवाले विपक्षीको कामै बोल्ने र माग राख्ने भएको र सरकरको काम त्यसलाई पूरा गर्नु पर्ने भए पनि सरकारले बलमिच्याइँ गरेको बताए।
‘विपक्षीको काम बोल्ने हो माग राख्ने हो’, उनले भने, ‘विपक्षी बोल्छ, सरकारले कार्यान्वयन गर्छ। अब यस्तो बल मिच्याइँ चल्दैन।’उनले प्रतिपक्षका मागदेखि नडराउन सरकारलाई आग्रह गरे। उनले भने, ‘मेरा अरु पनि माग छन्। डराइ हाल्नु पर्ने रु शेरबहादुरले माग्यो मैले दिनु र्पयो भन्ने? प्रतिपक्षको कामै बोल्ने हो। दिने ठाउँमा त हामी छैनौं नि।’
सभापति देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भए भन्दै संसद बाहिरबाट फिर्ता लिनुपर्ने अवस्था आउनु दुखद भएको बताए। ‘विधेयक फिर्ता लिनु सकरात्मक छ’, उनले भने, ‘विधेयक संसदमै फिर्ता लिइनु पथ्र्यो।’ सभापति देउवाले मिडिया काउन्सिलमाथिका आक्रमण प्रजातन्त्रमाथिको आक्रमण भएको बताउँदै त्यसलाई फिर्ता गर्न माग गरे। उनले नियन्त्रित प्रेस आफूहरुलाई मान्य नहुने बताए।



लाेकपाटी न्यूज

