नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई ग्रुप

ime01
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । नेपाल लोक स्टारको मुख्य प्रायोजन आईएमई ग्रुपले गर्ने भएको छ । लोकसंगीतलाई व्यावसायिक बनाउने प्रयास स्वरुप नेपाल लोक स्टार रियालिटी शो छिटै प्रशारण हुँदै छ ।

यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँको रहेको छ । यस अर्थमा नेपाल लोक स्टार नेपालको सबैभन्दा ठूलो मौलिक रियालिटी शो बनेको छ । ७ वटै प्रदेशमा अडिसन गरी हजारौंको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रतिप्रदेश ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कारका साथै तीनै विजेतालाई एल्बरको कन्ट्र्याक दिइने आयोजकले बताएको छ ।

मेगा अडिसन सकिएर यही असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान मा हुँदैछ । कार्यक्रमको ३६ श्रृङ्खला निर्माण हुने पनि आयोजकले बताएको छ । कार्यक्रम निर्माणको प्रमूख प्रायोजकको रुपमा आईएमई आवद्ध भएको छ ।

आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि नै भइसकेको छ । आज भाएको सम्झौतामा कार्यक्रमको नाम आईएमई नेपाल लोक स्टार रहनेछ । भोटिङ राउन्डमा आईएमई पेको एपमार्फत गर्न सकिने पनि आईएमईले जनाएको छ ।

लोक स्टारको सम्झौता पश्चात एड प्याडका अध्यक्ष सुदिप थापाले नेपाली लोक संगीतका लागि आईएमई लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने बताए । उनले नेपाली माटोलाई सुहाउँदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित भएको पनि बताए ।

त्यसैगरी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको आफ्नो स्थानिय अवधारणामा आयोजना हुन लागेको आईएमई नेपाल लोक स्टारसँगै जोडिन पाएकोमा गौरवान्वीत भएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्