दिपेन्द्र कार्कीकाे नयाँ म्युजिक भिडियाे सार्वजनिक (भिडियाेसहित)

vdo01
लाेकपाटी न्यूज

काठमाडौं । कलाकार दिपेन्द्र कार्कीकाे पहिलाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। चर्चित गायक प्रमाेद खरेलकाे स्वर रहेकाे ‘नरमाइलाे लाग्छ’ बाेल रहेकाे  साे भिडियाे हालै सार्वजनिक भएकाे हाे।

एक्स्ट्रा फिल्मस् को प्रस्तुति रहेको उक्त भिडियो बिन्दाबासिनि म्युजिकबाट बजारमा वितरित भएकाे हो  । गीतकार रमेश कोईरालाको शब्दसंयोजन रहेको उक्त गीतमा प्रमोद खरेलको सुमधुर स्वर रहेको छ भने रत्न बहादुरले संगीत गरेका छन्।

युवा निर्देशक गणेश उपाध्यायको निर्देशन रहेको सो म्युजिक भिडियोमा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’, कलाकार दिपेन्द्र कार्की र एलिना श्रेष्ठको अभिनय रहेको छ।

भिडियोको छायाङ्कन केदार राईले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका छन्। प्रमोद खरेलको आवाज रहेको उक्त गीत दिलदिल एल्बममा सङ्ग्रहित रहेको छ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्