सुर्खेत, ३ असार। कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित १६ जना बेपत्ता भएपछि खाेजीकार्य भइरहेकाे छ। मंगलबार दिउँसो करिब साढे १२ बजेतिर हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा खसेको हाे।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उद्धारका लागि दुई हेलीकप्टर घटनास्थलमा पुगेका छन्। स्थानीयका अनुसार जीपमा करिब १५ जना यात्रु रहेको बताएका छन्।
उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ।



लाेकपाटी न्यूज

