खुशीकाे खबर ! लोकसेवाले थप्याे फारम भर्ने म्याद (विज्ञप्ति)

Loksewa Aayog
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार। लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपापनमा आवेदन फारम पेस गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरेको जानकारी दिएको हो।

जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन माग गरेको थियो। ‘आयोगको सर्भरमा चाप भइ दरखास्त अपलोड गर्न कठिनाइ भएकोले असार १० गतेसम्म कायम’ गरिएको सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरी आवेदन गर्ने म्याद असार १७ गतेसम्म कायम गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्