काठमाडौं, ३ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बाेधन गर्दै गर्दा प्रतिपक्षीले संसदमा नाराबाजी गरेका छन्। प्रधानमन्त्रीभन्दा पहिला संसदीय दलका नेता देउवालाई बोल्न दिनुपर्ने माग गर्दै प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेका बेला कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्।
यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण १२ बजेमात्र सुरू भएको थियो।
सम्बाेधनका क्रममा प्रतिपक्षीले नाराबाजी गरेपछि प्रधानमन्त्रीलाई अवरोध सिर्जना भएको हो। उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई बोल्न दिएनन्। त्यसपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
नेकपाका अधिकांश नेताले सोमबार यथास्थितिमा विधेयक अघि बढाउनु भन्दा फिर्ता वा स्थगित गरी छलफल अघि बढाउन सुझाव दिएका थिए। काठमाडौं उपत्यकामा रहेका गुठीका हकमा भिन्नै र बाहिर रहेका गुठीका हकमा भिन्नै बुँदाले समेट्नुपर्नेमा सबैले जोड दिएका थिए।



लाेकपाटी न्यूज

