काठमाडौं, ३ असार । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताएकी छन्।
केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन्। उनले सामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत शेयर गर्न पाएकोमा म निकै खुसी छु।’
‘तपाईंहरु मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ’ उनले अगाडि लखेकी छन् ‘ म नेपाली फिल्म क्षेत्रको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु।’ फिल्म ‘पासवड’को गीतमा उनले नै आइट नृत्य गरेकी छन्। उनको आइटममा अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङको अलवा थुप्रै कोरसले पनि साथ दिएका छन्।
गीतलाई युट्युवमा मिश्रित प्रतिक्रिया मिलेको छ। थुप्रैले गीतमा सन्नीले गरेको नृत्यको प्रशंसा गरेका छन्।
भने, केहीले भने गीतको शब्द नबुझेको बताएका छन्। गीतका छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर लण्डन पुगेकी थिइन्।
अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द गीतमा रहेको छ। २७ भाद्रबाट प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरका लागि सन्नी नेपाल आउने निर्माण टिमले बताएको छ। फिल्मका निर्देशक सम्राट बस्नेत हुन्।
हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम रहेका छन्। एडल्ट फिल्मबाट बलिउड प्रवेग गरेकी सन्नीको यो पहिलो नेपाली फिल्म अभिनय हो। उनी नेपाल भने बेलाबेला आइरहेकी हुन्छिन्।



लाेकपाटी न्यूज

