रामेछाप, ३ असार। रामेछापमा मन्थली नगरपालिकाका मेयर कार्यपालिकाको बैठकमै कुटिएका छन्। नगर कार्यपालिकाको बैठकमा काम नभएका योजनाको भुक्तानीका विषयमा विवाद हुँदा मेयर रमेशकुमार बस्नेत कुटिएका हुन्।
मन्थली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले काम नै नगरेका गत आर्थिक वर्षको योजनाको रकम भुक्तानी हुनुपर्ने माग गरेपछि विवाद भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले काम नभएका योजनाको भुक्तनी दिन नमिल्ने बताएपछि बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरिएको हो।
कार्यपालिका सदस्य र वडा अध्यक्षको आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकोमा चोट लागेको बताइएको छ।



लाेकपाटी न्यूज

