जीवन थापा ‘क्षितिज’ अभिनित ‘नरमाइलो’ सार्वजनिक (भिडियो)

लाेकपाटी न्यूज

काठमाडौं, २ असार । लेखक तथा अभिनेता जीवन थापा क्षितिज अभिनित म्युजिक भिडियो नरमाइलो सार्वजनिक भएको छ । एक्स्ट्रा फिल्मस् को प्रस्तुति रहेको उक्त भिडियो बिन्दाबासिनि म्युजिकबाट हालै सार्वजनिक भएको हो ।

गीतकार रमेश कोईरालाको शब्दसंयोजन रहेको उक्त गीतमा प्रमोद खरेलको सुमधुर स्वर रहेको छ भने रत्न बहादुरले संगीत गरेका छन्।

युवा निर्देशक गणेश उपाध्यायको निर्देशन रहेको सो म्युजिक भिडियोमा जीवन थापा क्षितिज, दिपेन्द्र कार्की र एलिना श्रेष्ठको अभिनय रहेको छ।

भिडियोको छायाङ्कन केदार राईले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका छन्। प्रमोद खरेलको आवज रहेको उक्त गीत दिलदिल एल्बममा सङ्ग्रहित रहेको छ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्