बझाङमा जिप दुर्घटना, ६ को मृत्यु

Accidents
लाेकपाटी न्यूज

बझाङ, २ असार। बझाङमा यात्रुवहाक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा रहेका छन्। सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो।

मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको र ६ जना गम्भीर घाइते रहेको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले बताए।

उनकाअनुसार जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन । जिप भीरमा अड्किएको अवस्थामा छ। उद्धारकार्य जारी छ। जिप सडकबाट अफ्ठ्यारो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको सइ जोशीको भनाइ छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन भने मृतकको सनाखत पनि हुन सकेको छैन्। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली खटिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्