आकाशमै दुई विमान आपसमा ठाेक्किँदा दुवै पाइलटकाे मृत्यु

biman crash
लाेकपाटी न्यूज

एजेन्सी । दुईवटा विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ । न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आपसमा ठोक्किएको अधिकारीले जनाएका छन् ।

विमान एक आपसमा ठोक्किएपछि जमिनमा खसेका थिए । त्यसपछि दुर्घटनाग्रस्त विमानमा आगलागी भएको जनाइएको छ । सोही विमानस्थलमा अवतरण गर्न लागेको अर्को हेलिकोप्टर भने सुरक्षित रहेको जनाइएको छ ।

विमान दुर्घटना हुनुअघि एउटा विमानमा रहेका चार जना भने प्याराशुटरले हाम फालेका थिए । मारिनेमा दुबै विमानका पाइलट रहेको जनाइएको छ । प्रहरीले मृतकको पहिचान सार्वजनिक गरिसकेको छैन । विमान दुर्घटना हुनुको कारणबारे पनि स्पष्ट खुलाइएको छैन ।