लाेकसेवा आयोगमा कसले लगायाे ताला ?

लाेकपाटी न्यूज

जनकपुर, १ असार । लोकसेवा आयोगले निकालेको विज्ञापन  फिर्ता नलिएको भन्दै  एक समूहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। मधेस अधिकार संघर्ष समितिले कार्यालयमा तालाबन्दी गरेको हो ।

आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए। ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो।

आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ। यसैबीच  ताला करिब एक घण्टा पछि खोलिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्