विद्युत प्राधिकरणमा १ हजार ५७४ कर्मचारीको सरुवा (सूचीसहित)

Bidhuta pradhikaran office pic
लाेकपाटी न्यूज

काठमाडौं, १ असार । नेपाल विद्युत प्राधिरकणले एकैपटक झण्डै १६ सय कर्मचारीको सरुवा गरेको छ। प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाएको हो।

२०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एक पटक सरुवा गरेको थियो। त्यसअघि वितरण केन्द्र प्रमूखहरुको पनि सरुवा भएको थियो। २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो। त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन ब्याप्त थियो।

त्यसले गर्दा संगठित रुपमै मिलेमतोमा विजुलीको मिटर बिगारेर प्राधिकरणलाई घाटामा र्पुयाउने प्रचलन ब्याप्त बनेको थियो। तर, कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गरेका थिए। त्यस समयमा सरुवाको निर्णय फिर्ता गर्न प्राधिकरण नेतृत्वमाथि ठूलो राजनीतिक दबाव परेको थियो। कर्मचारी संगठनहरु आन्दोलित भएका थिए।

यसपछि पनि नियमित सरुवालाई निरन्तरता दिने गरी प्राधिकरणले यसपटक कर्मचारीको सुरुवा गरेको छ। यसले गर्दा एउटै कर्मचारी एकै स्थानमा नबस्ने र त्यसले गर्दा सुशासन कायम गर्न सहज हुने विश्वास प्राधिकरणलाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्