काठमाडौं, १ असार । अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ। भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ।
बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। तर, बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ। राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन्।
राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४र४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी


लाेकपाटी न्यूज

