नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व लागेकाे छ : सन्नी लियाेनी

Sanni Liyoni
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ। बलिउड अभिनेतृ सन्नी लियोनी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न पाउँदा निकै खुशी महशुस भएको बताएकी छिन्।

पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी हुन्। नेपाली चलचित्र ‘पासवर्ड’को गीतमा आइटम डान्स गरेकी छिन्। नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’बाट दर्शकले उनलाई देख्न पाउने भएका हुन्।

तीन दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। सन्नी लियोनीले पनि उक्त म्युजिक भिडियो आफ्नो ट्वीटरमा सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा आफूलाई गर्व लागेको बताएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्