दलित युवक प्रकाशको छुरा प्रहार गरी हत्या

CHURa prahar
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एक जना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ।

प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। यस आक्रमणमा परी अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ। प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए। उनको परिवारमा पत्नी र दुई छोराछोरी छन्। प्रकाशको हत्यापश्चात दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए। बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा भएको आक्रमणमा गम्भीर घाइते भएका प्रकाशलाई उपचारका लागि राजकोट लगिदैँ गर्दा उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेको अवस्थामा मानिसहरू घर बाहिर आएर अपशब्द बोल्न शुरू गरेका प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग बताएका छन्। उनीहरूले आफ्नो जातिलाई जोडेर नराम्रो कुराहरू भन्दै आफ्ना भतिजाको बारेमा सोध्न थालेका बाबुभाईले बताएका छन्। प्राय भतिजा प्रकाशको घरमा बस्ने गरेका बाबुभाईको त्यस दिन भने उनी बाहिरबाट आएका र थाकेकाले प्रकाशको घर गएका थिएनन्। उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले बीबीसी गुजरातीलाई बताए छन्।

घटनापछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका र त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको बताइएको थियो। उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन्। करिब छ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए। तर, बारम्बार आफूहरु यता पिडाबाट गुजरिनु परेको र आफूहरु यस क्षेत्रमा नबस्ने बताउँदै सो दलित परिवारले सरकारसँग कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गरेका बताइएको छ।