भतिजिमाथि अश्लिल हर्कत गर्ने काका पक्राउ, यस्ताे छ घटनाकाे रहस्य

लाेकपाटी न्यूज

ललितपुर, ३२ जेठ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् ।

स्कुलकाे संरक्षणमा रहेकी साे बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर खत्री केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटाका प्रमूख डीएसपी गौतम मिश्रले पुष्टि गरे ।

बालिका (नाम परिवर्तन) आरलाई गोदावरी नगरपालिका–३ मा रहेको चन्तल मौदी एकेडेमी स्कुलबाट समय–समयमा किशोर खत्रीले घुमाउन भन्दै लैजाँदै जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रको भनाई छ ।

जेठ २५ गते शनिबारको दिन पनि स्कुलबाट आरलाई लिई किशोरले आफूले काम गर्ने गरेको यू हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाई लगायतका चिजवस्तु खान दिएर अश्लिल गतिविधि गरेका थिए । उनले बालिकालाई सधैँ बोलाएर कता लिएर जान्छन् भन्ने चासो बढेपछि स्कुलका प्राधानाध्यापक सन्दीप नेपालीले किशोर खत्रीलाई पछ्याउँदै जाँदा गोदावरीस्थित होटलमा लगेको भेटेका हुन् ।

होटलमा लगेको थाहा पाएपछि प्रअ नेपालीले बालिकालाई किशोरले तिमीलाई के–के गर्छ भनेर फकाएर सोधेपछि घटना बाहिर आएको हो । किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।

सोही आरोपमा सोही दिन स्कुलका प्राधनाध्यापक नेपालीले तत्काल उजुरी हाली लुकिछिपी बस्दै आएका किशोर खत्रीलाई गोदावरी नगरपालिका–३ किटीनी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

२०७५ सालको दशैंमा मामाघर जाँदा र २०७५ सालको चैतमा किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको पाइएको छ । प्रहरीसमक्ष किशोरले आफूले उल्लेखित कार्य गर्दै आइरहेको स्वीकारेको डीएसपी मिश्रले बताए । पक्राउ परेका किशोरमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याथ थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्