श्रीमानले टिकटक छाेडभन्दा श्रीमतीले संसार नै छाेडेपछि…

tik tok
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ३२ जेठ। सेलिब्रेटी हुन् या सर्वसाधारण, महिला हुन् या पुरुष टिकटकको लतले कसैलाई छोडेको छैन्। टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन्।

भारतमा हालै टिकटकसँग जोडिएका केही अनौठा घटनाहर बाहिरीएका छन्। शिरडीमा बिहीबार टिकटक भिडियो बनाइरहेको समयमा गोली चल्दा एक व्यक्तिको ज्यान गएको छ। त्यस्तै तमिलनाडुमा एक महिलाले पतिको गालीबाट रिसाएर टिकटकमै आफ्नो अन्तिम भिडियो पोस्ट गरेर आत्महत्या गरेकी छन्।

२४ वर्षीया एक महिलालाई उनका पतिले टिकटकमा भिडियो हालिरहेको भनेर गाली गरेपछि लोग्नेको किचकिचबाट दिक्क ती महिलाले अन्ततः विष पिएर ज्यान दिइन्। उनले आफ्नो अन्तिम भिडियो रेकर्ड गरेर लोग्नेलाई ह्वाट्सएपबाट उक्त भिडियो पठाइन्।

परिवारजनका अनुसार ती महिलालाई टिकटकमा भिडियो बनाउने यस्तो लत बसेको थियो कि आफ्ना सन्तानको समेत ध्यान राख्न छाडेकी थिइन्। पत्नीको त्यो बानीबाट दिक्क भएर उनका लोग्नेले गाली गर्न थालेका थिए। गाली सहन नसकेर उनले विष पिएर आत्महत्या गरेकी हुन्।