मानसिक सन्तुलन गुमाएकाकाे उद्दारमा प्रहरी

Polic 2
लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। इलाका प्रहरी कार्यालय गजुरीले मानसिक सन्तुलन ठीक नभएको मानिसलाई उद्दार गरी संरक्षणको लागि मानव सेवा आश्रम पठाएको छ।

धादिङ्गको गजुरी गा.पा.वडा नं. १ गलौदीस्थित सडक पेटीमा मानसिक सन्तुलन ठीक नभएका नाम र ठेगाना नखुलेका एक व्यक्तिलाई मानव सेवा आश्रम पठाएको हो।

शुक्रबार ५ बजेतिर ४५/५० वर्षको नग्न अवस्थामा फेला परेका पुरुष व्यक्तिलाई प्रहरीले तत्काल कपडासमेत लगाई उद्धार गरी कार्यालयमा ल्याई उसको सरसफाई गरी लत्ता कपडा र जुत्तासमेतको व्यवस्था मिलाई संरक्षणका लागि मानव सेवा आश्रम भरतपुर चितवनमा पठाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्