काठमाडौं, ३१ जेठ । नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री रिहा भएका छन्।
भुकम्प आउँछ भन्दै सर्वसाधारणलाई आतंकित पारेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ क्षेत्रीलाई शुक्रबार जिल्ला अदालत काडमाडौँले क्षेत्रीलाई तारेखमा रिहा गरेको हो। सर्वसाधारणमा त्रास फैलाएकाे आराेपमा उनलाई प्रहरीले गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो।
क्षेत्रीलाई यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक (अफवाह) फैलाएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। उनी एक सातापछि रिहा भएका हुन्।



लाेकपाटी न्यूज

