‘लुट्न सके लुट’पछि सरकार विरुद्ध अर्काे आक्रामक म्युजिक भिडियो सार्वजनिक (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। गीत संगीतमार्फत् सरकार विरुद्ध आक्रोश पोख्ने क्रम रोकिएको छैन। पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतपछि चर्चित डान्स ग्रुप भीमफेदी गाइज्ले हेटौंडाका पत्रकार गिरिजा अधिकारीले लेखेको ‘वर्वाद भयो हाम्रो सरकार’को भिडियो सार्वजनिक भएको छ।

डान्स ग्रुप भीमफेदी गाइज्को फिचरिङमा ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको हो। विकास पाण्डेको संगीत र देवेन्द्र कार्कीले स्वर दिएको सो गीत रिकेश गुरुङले एरेन्ज गरेका छन्। पवन सुसलिङको छायाँकन रहेको सो म्युजिक भिडियो ए सरकार कै सिक्वेलको रुपमा आएको हो। निर्मल लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा वर्तमान नेपालको परिवेशलाई जीवन्त उतारिएको छ।

म्युजिक भिडियो नसकिँदै अन्त्यतिर दृश्य काटिएको देखाइएको छ। यस अघि पुष्पण प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा रहेको ‘ए सरकार’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्