पत्थरीको शल्यक्रिया गर्दा आन्द्रा काटिएपछि…

OM hospital
लाेकपाटी न्यूज

काठमाडौं, ३० जेठ। पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षिय रामप्यारी थापामगरको मृत्यु भएको छ। उनको गत शुक्रबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको हो।

शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए पछि शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन्।

त्यसलगतै आईतबारनै बिरामीलाई भेन्टिलेटरमा लगियो । सोमबार पनि अलि ठिक हुँदैछ । मंगलबार अलि स्वास्थ्यमा समस्या आयो भनेर भन्दा भन्दै आज बिहान ७ बज्न २ देखि ३ मिनेट बाँकी हुँदा बिरामीको मृत्यु भयो। उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ।

अस्पताल परिसरमा प्रहरी खटाइएको छ। मृतक रामप्यारीको ज्वाई खड्ग श्रेष्ठले अहिलेसम्म पनि अस्पताल प्रशासनसँग छलफल नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्