काठमाडौं, ३० जेठ। सार्वजानिक यातायातमा भाडा वृद्धि भएको छ। सरकारले हाल कायम भाडामा १२ प्रतिशतले वृद्धि गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो। विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर भनयाँ भाडादर कायम भएको जनाएको छ।
भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफलसमेत गरेको थियो। उक्त छलफलपछि भाडा वृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवत्ता तीर्थराज खनालल बताए। बिहिबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ।
लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए। सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ। यस्तै ट्याक्सीको भाडादरमा समेत समायोजन गर्ने सरकारको तयारी छ। विहीबार बेलुका बैठक बसेर भाडादर निर्धारण गरिने प्रवक्ता खनालले जानकारी दिए।



लाेकपाटी न्यूज
