पहिरोले डोजर पुर्दा श्रेष्ठ र बूढाथोकीको मृत्यु

pic dojar
लाेकपाटी न्यूज

मकवानपुर, ३० जेठ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं. ८ स्थित थाहाढुंगामा पहिरो खस्दा दुई जनाको ज्यान गएको छ।

बिहिबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो। राक्सिराङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार डोजर अपरेटरको भने सकुशल उद्धार गरिएको छ।

पहिरोले पुरिएका श्रेष्ठ र बूढाथोकीको शव निकाल्न सकिएको छैन। इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल पुगेकोे छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो। केही दिनदेखि त्यस खण्डमा डोजर सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्