‘पार्टीमा आकर्षण बढ्यो, ३१ हजार बढीले गरे प्रवेश’

Bishwa-praksh
लाेकपाटी न्यूज

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसले पार्टीले चलाएको पहिलो चरणको जागरण अभियानले पार्टीप्रति आर्कषण र सरकारप्रति विर्कषण भएको बताएको छ।

जागरण अभियानबारे जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो। सम्मेलनकै क्रममा जागरण अभियानले कांग्रेसमा प्रवेश गर्ने संख्या बढेको पनि बताईएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ३१ हजार ६४२ जना कांग्रेसमा प्रवेश गरेको बताए।

उनले भने “जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन्। ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ”। सबैभन्दा बढि सत्तारुढ दल नेकपाबाट नै कांग्रेस प्रवेश भएको भन्दै उनले अगाडी थपे “कांग्रेसमा प्रवेश गर्नेहरुमा नेकपाको संख्या चाँहि दुई तिहाई नै छ जस्तो चाँहि अनुमान लगाउन सकिन्छ”। पार्टी प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरु समेत रहेको उनले बताए।

नव-प्रवेशीलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी दिने बताए। साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ। पहिलो जागरण अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते सम्पन्न भएको थियो भने दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गतेसम्म चल्ने जानकारी दिईएको छ।

                          congress_flag