काठमाडौं, २९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले प्रधानमन्त्री फर्केपछि एक तिहाई मन्त्री फेरिने बताएका छन्।
एक टेलिभिजन कार्यक्रममा कुराकानीका क्रममा मन्त्रिमण्डल छिट्टै पूनर्गठन हुने बताउँदै उनले एक तिहाई मन्त्री फेरिने बताएका हुन्। उनले राजसंस्थाको भविष्यबारे समेत नयाँ खुलासा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै बस्नेतले पार्टीको आगामी महाधिवेशन अघि मतदानबाट नेतृत्वको टुंगो नलाग्ने पनि दाबी गरे । उनले आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि केही दिन मात्रै चर्चा भएको र स्वयम् प्रचण्डले त्यस बारेमा आफ्नो धारणा सार्वजनिक गरेर द्धिविधा प्रष्ट्याएको दाबी गरे ।
उनले मन्त्रिमण्डल छिट्टै पूनर्गठन हुने जानकारी दिएका छन् । उनका अनुसार राम्रो काम गर्ने मन्त्रीहरुलाई यथावत राख्ने र नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी रहेकाे छ ।



लाेकपाटी न्यूज

