साम्राज्ञी र पुष्प भन्दैछन् “जाम्न माया जाम” (भिडियोसहित)

pushpa samraggi pic
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ । लोकप्रिय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का स्टारर फिल्म मारुनीको पहिलो गीत ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ।

क्लब डान्स सङको रुपमा रहेको उक्त गीतमा मनमगन गीतका गायक दिपक बज्रचार्यको आवाज , उनकै संगित र रिक्की शाक्यको शब्द रहेको छ। गीतमा साम्राज्ञी र पुष्प फिचर्ड रहेका छन्। जहाँ उनीहरुको जोडी कुल देखिएको छ। प्रविन सिंहको कोरियोग्राफीमा सय भन्दा बढि कोरस डान्सर रहेका छन्।

गीतको मेकिङ निकै राम्रो रहेको छ। पुष्पले यस गीतमा आफूलाई डान्स गर्न सक्ने नायकको रुपमा उभ्याएका छन् भने साम्राज्ञीले पनि पहिलो पटक यस्ता डान्सिङ नम्बरको गीतमा काम गरेकी हुन्।गोविन्द फुँयालको कथा रहेको फिल्ममा पुनम गौतमको निर्माण रहने फिल्ममा अजय पोखरेल र राजा प्रधान निर्माताको रुपमा रहेका छन्।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागि रहेको मारुनीमा रेविका गुरुङ,सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। कुशाग्र भट्टराई, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको रुपमा रहनेछन् । फिल्म भदौ १३ मा रिलिज हुँदैछ। निर्मात्री पुनमले यसअघि अझै पनि फिल्म निर्माण गरेकी थिईन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्