विद्यालयको सेफ्टी ट्यांकी भत्किँदा ४ बालबालिकाको मृत्यु

darchula 1
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ । दार्चुलामा शौचालय भत्किँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकी भास्सिदाँ चार बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा ५ वर्षीया युनिका ठगुन्ना, अन्दाजी ७\८ वर्षीया निरुता ठगुन्ना, ८\९ वर्षीय सुदिश धामी र ९र१० वर्षीया अनुष्का धामी रहेका छन्।मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका बालबालिका अचानक सेफ्टी ट्यांकी भास्सिदाँ मृत्यु भएको हो।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्