काठमाडाैं। सडककाे किनारामा राखिएकाे बम विस्फाेट हुँदा ६ जनाकाे मृत्यु भएकाे छ। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको उक्त बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको हाे ।
सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गरेका छन् । आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले बताएका छन् ।
बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ । कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । –एजेन्सी (सिन्ह्वा)



लाेकपाटी न्यूज

