लोक सेवाको विज्ञापन रोक्ने निर्णय विरुद्ध परीक्षार्थी सडकमा

examiner
लाेकपाटी न्यूज

काठमाडाैं, २८ जेठ । लोक सेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थीहरु सडकमा ओर्लिएका छन्।

माइतीघरदेखि जुलुससहित नयाँबानेश्वर पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरे। जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए ।

लोक सेवाको विज्ञापन रोक्ने पक्षमा उभिएका नेकपाका सांसद जनार्दन शर्माविरद्ध पनि चर्का नारा लगाए । लोक सेवाले जेठ १५ गते खुलाएको विज्ञापन राज्य व्यवस्था समितिले सोमबार रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो।

संविधान विपरित भएको भन्दै राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णय गरेपछि लोकसेवाको तयारी गरिरहेका युवाहरु आक्रोशित भएर सडकमा ओर्लिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्