काठमाडौं, २८ जेठ। रामकृष्ण ढकालको स्वर मन छुने नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ। गैरे सुरेशको संगीत र माधव ढकालको शब्द रहेको गीत ‘तिम्रो महल’को भिडियो मंगलबार सार्वजनिक भएको हाे।
भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ। भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्।गायक ढकाल र संगितकार गैरे संगितमा स्थापित नाम हुन्। गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो।
५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन्। उनी सशस्त्र प्रहरी बलका डिएसपीसमेत हुन्। उनका दर्जनौं गीत सुपरहिट भएका छन्।



लाेकपाटी न्यूज

