धनगढी, २८ जेठ। निर्माणाधीन कैलालीकाे धनगढी विमानस्थल जेठ २९ गतेबाट सुचारु हुने भएको छ। विमानस्थल निर्माणकार्य अन्तिम चरणमा पुगेकाेले भाेलि अर्थात बुधबारबाट विमानस्थल सञ्चालन हुने भएकाे हाे।
निर्माणमा संलग्न कम्पनीले निर्माणकार्य अन्तिम चरणमा पुगेको बताएको छ। धनगढी बिमानस्थलका प्रमुख तेज बहादुर बुढथापाले निर्माण कार्य अन्तिम चरणमा पुगेकोले पर्सीबाट हवाई सेवा सुचारु गर्न विमान कम्पनीहरुसँग छलफल भइरहेको बताए।
धवनमार्ग निर्माणका लागि वैशाख २२ गतेदेखि बन्द गरिएको धनगढी विमानस्थल निर्धारित समय भन्दा एक हप्तापछि सुचारु हुन लागेको हो।


लाेकपाटी न्यूज

