लोकसेवा विज्ञापन रद्द गर्न सर्वोच्चमा परेकाे रिटमाथि सुनुवाइ आज

High Court
लाेकपाटी न्यूज

काठमाडौं, २८ जेठ। लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।समानुपातिक, समावेशी र संविधानको मर्मविपरीत विज्ञापन गरिएको भन्दै अधिवक्ता विकासकुमार ठाकुरले सोमबार दायर गरेको रिट आज सुनुवाइ हुने भएकाे हाे। उक्त रिट न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ।

९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापन रद्द गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमवार निर्देशन दिइसकेको छ। समितिको निर्देशनपछि सरकार र लोक सेवा आयोग के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनन्।

परीक्षाका लागि फारम भरिसकेका ७० हजारभन्दा बढी युवा मर्कामा परेका छन्। समितिको निर्देशनका कारण सरकारी सेवामा प्रवेश गर्न चाहने लाखौंको भविष्य अन्यौलमा परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्