मोटरसाइकल चोर्ने ५ जना पक्राउ (नामसहित)

Arrest pic
लाेकपाटी न्यूज

बारा, २८ जेठ । माेटरसाइकल चाेरीमा स‌ंलग्न ५ जना पक्राउ परेका छन्। भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर वेचबिखन गर्ने कार्यमा संलग्न रहेकाे अभियाेगमा उक्त ५ जनालाई बारागढी गाउँपालिका २ दौरवा मठबाट चोरी गरेको मोटरसाइकल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका मलाही टोल बस्ने २० वर्षीय सुरेश मुखिया, १८ बर्षीय धर्मेन्द्र मुखिया, १९ बर्षीय नन्दकिशोर सहनी, सिम्रौनगढ नगरपालिका ८ घर भएका १९ बर्षीय श्याम सुन्दर यादव र १८ बर्षीय गुलसन प्रसाद यादव रहेका छन् ।

विगत केही समयदेखि मोटरसाइकलहरु चोरी गरी विक्री गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चोरी गरी ल्याएको अनटेस्ट लेखिएको अपाचे र बिआर ०५ आर ७५३८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

चोरी शीर्षक मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्