विप्लवका चार नेताले गरे पार्टी परित्याग (विज्ञप्तिसहित)

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, २७ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ नेताहरुले पार्टी परित्याग गरेका छन्।

केही वर्षदेखि विप्लव नेतृत्वको नेकपामा आबद्ध रहेका उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसम्म नरहने गरी पार्टी परित्याग गरेको बताएका छन्।

पार्टी परित्याग गर्नेहरुमा झक्क बहादुर भुसाल (जे.बी), इन्द्र पोडेल, नविन घिमिरे (साजन) र रामशरण पौडेल रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टीमा कुनै पनि संलग्नता नरहने र नेपालको प्रचलित कानून बमोजिम साधारण नागरिक भएर जीवनयापन गर्ने नेताहरुले प्रतिबद्धता गरेका छन्।
विज्ञप्ति