अध्यक्षमा किन हारिन् नायिका सरिता लामिछाने ?

sarita lamichane
लाेकपाटी न्यूज

काठमाडौं, २६ जेठ । चलचित्र कलाकार संघको १७ औं वार्षिक साधारणसभा र चुनाव सकिएको छ। चुनावमा सरिता लामिछानेलाई ५७ मतले हराउँदै अध्यक्ष चुनिए। सरिता लामिछानेले बलियो साथ पाउँदा पाउँदै पनि हार्नु पर्यो। किन हार्नुपर्यो सरिता लामिछानेले यो सबैमा उठेको प्रश्न हो।

चुनाव अघि सरितालाई समर्थन गर्दै नेपाली चलचित्र क्षेत्रका ३ सिनियर नारी मिडियामै आए। तर, उनीहरुको कुरा कलाकारले सुनेनन्। सरिता लामिछाने अध्यक्षका लागि उठ्दा उनका सहकर्मी र सिनियरले राम्रो साथ दिए। उनको विरुद्धमा आएका मुद्दा र ह्यारासमेन्टका विरुद्ध पनि ठुलै आवाज लगाए ।

नेपाली चलचित्र क्षेत्रलाई लिड गर्ने तीन नायिका गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा त प्रेसमिटमा नै उपस्थित भएर सरिताका पक्षमा बोले।

उनीहरूले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरितालाई भोट गर्न आह्वान पनि गरे । तर, उनीहरूले सोचेको जस्तो हुन सकेन। निर्वाचन पछि मत गणना सुरू भएबाट नै धेरै मत रवीन्द्रका पक्षमा देखियो।

तीन अग्रज नायिकाका कुरा कसैले खाएनन्। हुन त उनीहरूको कुरा बुझ्ने भनेका नयाँ पुस्ताका कलाकार हुन्। तर, बिडम्बना चुनावमा नयाँ पुस्ताका कलाकार कमै देखिए। नाम चलेका कलाकारको त झनै उपस्थिति नै थिएन। त्यसैले होला न तीन सिनियर नायिकाको कुरा बिक्यो न त सरिताले नै जीत हासिल गर्न सकिन्।

रेखा थापा, करिश्मा मानन्धर र गौरी मल्लका कुरा धेरैले सुन्छन् र भोट हाल्छन भन्ने धेरैलाई लागेको थियो र सरितालाई पनि पक्कै थियो । तर, नतिजा बिल्कुल फरक आइदियो। कलाकारले न त सरिता न त तीन सिनियर नायिकालाई नै पत्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्