एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भयानक सवारी दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए ।
विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुध्दा साे दुरघटना भएकाे हाे। उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो ।
आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । नाइजेरियामा यस्ता भयानक सडक दुर्घटना बेलाबखत हुने गरेका छन् । सडकको अवस्थामा रहेको कमजोरी र जथाभावी सवारी चलाउने गर्दा सडक दुर्घटना बढ्दै गएका छन् ।
एक प्रहरी अधिकारीले नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिए ।



लाेकपाटी न्यूज

